|
सांकेतिक स्केच

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु भएको छ। गैँडाकोट-११ की ५५ वषीया श्रीमाया मानन्धर र नाति विशाल श्रेष्ठको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले गएराति श्रीमाया र विशाललाई ठक्कर दिएको थियो। सात वर्षीय विशालको घटनास्थलमै मृत्यु भएको थियो। 

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधनका चालक प्रहरी नियन्त्रण छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.