|

सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा घाइते भएकी सम्झना चलाउनेलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा ल्याइएको छ।

गएराती  आएको पहिरोमा परी घाइते भएकी सम्झनालाई विहान १० बजे उद्धार गरेर सुर्खेत पुर्याएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए। घरमा पुरिएको अवस्थामा उनलाई घाइते अवस्थामा घरबाट निकालिएको थियो। त्यस्तै सम्झानका बाबा ४७ वर्षीय मानबहादुर चलाउने र आमा ३८ वर्षीया प्रेमकुमार चलाउने पहिरोले घर पुर्दा हराइरहेकाले अहिलेसम्म निकाल्न नसकिएको अध्यक्ष गिरीले बताए।

 प्रेमकुमारी वडा सदस्य समेत रहनुभएको छ। राति २ बजे उक्त पहिरो आएको थियो। सुरक्षाकर्मीदेखि अन्य गाउँलेहरुले अहिले पहिरोमा पुरिएको घरभित्र खोज्ने काम जारी राखेको अध्यक्ष गिरीले जानकारी दिए। मानबहादुरका छोरा जुम्लामा रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.