चितवन : सर्वसाधारणका लागि खुला गरेसँगै दियालो बंगला हालसम्म २३ हजार ५७४ जनाले अवलोकन गरेका छन्। भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि बंगलासर्वसाधारणका लागि खुला गरिएको थियो। यही भदौ २२ गतेसम्म १२७ जना विदेशी पर्यटक पनि बंगलाअवलोकन गरेका थिए।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार अवलोकन गर्न आएकाबाट २३ लाख ४४ हजार १०० राजस्व संकलन भएको छ। नेपालीलाई प्रवेश शुल्क १०० रुपैयाँ शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक र विद्यार्थीलाई ५० प्रतिशत छुट गर्ने गरिएको छ।
यस्तै छिमेकी राष्ट्र भारत र चीनका पर्यटकका लागि १५०, तीबाहेकका सार्क राष्ट्रका पर्यटकका लागि २०० र अन्य मुलुकका पर्यटकका लागि ३०० रुपैयाँ शुल्क तय गरिएको छ। उपप्रमुख अधिकारीले दैनिक घुम्न आउनेको सङ्ख्या बढेको बताए।
भरतपुर-१ मा दियालो बंगलाछ। नेपाल ट्रष्टसँग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो। उठेको राजस्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउनेगरी व्यवस्थापन गरिएको हो। महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहासिक महत्त्व भएकाले यहाँ घुम्न रुचाउनेको सङ्ख्या बढेको बताइन्। यहाँ अवलोकन र अध्ययनका लागि आउने पर्यटक बढेको उनको भनाइ छ।
जाडो महिनामा तत्कालीन राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेकाले यहाँको महत्त्व र यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको हो। राजपरिवारले शिकार खेल्न आउँदा बस्ने ठाउँ हो यो।
महानगरप्रमुख प्रमुख दाहालले लामो समयदेखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्रभित्र के छ भन्ने कौतुहलता मेट्दै सर्वसाधारणले अवलोकन गर्न सक्ने वातावरण मिलाइएको बताइन्
चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्ब्याउन बंगलासहयोगी हुने देखिएको छ। भरतपुर भ्रमण वर्षका अवसरमा महानगरपालिकाले नेपाल ट्रष्टसँग आग्रह गरेर सर्वसाधारणका लागि खुला गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।