|

जुम्ला : पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ।

अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएर सडक पूर्णरूपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए।

राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ। लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.