जलेश्वर : महोत्तरी भङ्गहा नगरपालिका- २ बखरी गाउँका चिकित्सक ५० वर्षीय प्रबोधकुमार यादव पाँच महिनादेखि सम्पर्कविहीन छन्। उनी गत वैशाख ३ गतेदेखि बेपत्ता भएका हुन्।
काठमाडौंमा बस्ने उनी कामको सिलसिलामा जनकपुर पुगेपछि सम्पर्कमा नआएको परिवारले जनाकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादवले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको र त्यसपछि सम्पर्क हुन नसकेको पुनमले बताइन्।
प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।