|
फाइल फोटो

काठमाडौं : एन्फा महिला लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

आर्मीले आफ्ना तीनमध्ये २ खेलमा जित र एकमा हारको नतिजा निकालेर ६ अंक जोडेको छ। बागमतीले यसअघि एक खेलमा मात्र जित निकालेको छ। यस्तै दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुनेछ। 

एपीएफले तीन खेलमध्ये २ मा जित र एकमा बराबरी खेल्दै ७ अंक जोड्दा वालिङ नगरपालिकाले समान तीन खेलमा २ जितसहित ६ अंक जोडेको छ। 

यसअघि बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई २-० ले हराउँदै संकटाले पहिलो जित निकालेको थियो। पहिलो खेलमा कोशी प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले कोशीलाई ४-० को जित निकालेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.