|
फाइल फोटो

एजेन्सी : भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधन भएको छ।

केही समयदेखि विरामी रहेका उनको ७२ वर्षको उमेरमा बिहीबार अपरान्ह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पार्टीले दुई दिनअघि एक वक्तव्य जारी गर्दै यचुरीलाई श्वास नलीमा गम्भीर संक्रमण रहेको जानकारी गराएको थियो।

गत अगस्ट १९ देखि नै यचुरी अस्पतालमा भर्ना भएका थिए। निमोनियाका कारण अस्पताल भर्ना भएका उनको हालै आँखाको मोतियाबिन्दुको पनि शल्यक्रिया गरिएको थियो।

उनको निधनप्रति शोक व्यक्त गर्दै भारतीय नेताहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

येचुरी सन् १९९२ देखि सिपिआई (एम) का पोलिटब्यूरो सदस्य थिए। उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाका सांसद पनि रहेका थिए। 

सन् १९७४ मा स्टुडेन्ट फेडेरेशन अफ इन्डियामा आबद्ध येचुरी एक वर्षपछि सिपिआई (एम) मा सामेल भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.