विराटनगर : कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।
विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार आज मनोनयन दर्ता र शुक्रवार निर्वाचन हुने जानकारी गराइएको थियो।
तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले आज मनोनयन दर्ता गराएका थिए।
प्रत्येक समितिमा १/१ जनाले मात्र मनोनयन दर्ता गरेकाले उनीहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
समितिका सभापतिहरुमा नेकपा एमाले र नेपाली कांग्रेसका ३/३ जना र नेकपा माओवादी केन्द्रका एकजना निर्विरोध निर्वाचित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।