|

बागलुङ : कोरियाबाट पाँच वर्षअघि फर्किएका काठेखोला गाउँपालिका- १ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार ५००  बिरुवा लगाएका थापाले १५ महिनामै फल टिप्न थालेको बताए।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले यु६्यूब भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन थालेका थिए। २० लाख रुपैयाँ लगानी गरेर १५ रोपनी जग्गामा ड्रागन फ्रुटखेती थालेका उनले बाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको बताए। छोटो समयमै चार लाखभन्दा बढी रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ ।ड्रागन फ्रुट फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको उनी बताउँछन्। 

‘चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती शुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी चार सयमा बजार पठाइरहेको छु’, उनले भने, ‘बेनी, पोखरा र बागलुङ बजारमा खपत भइरहेको छ।’

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए। ‘एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ’, उनी भन्छन्, ‘जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.