काठमाडौँ : देशका १० जना वरिष्ठ महिला चिकित्सकहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेका छन्।
नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतलनिवासमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान गरेका हुन्।
सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्डअन्तर्गत डा. रीता गुरूङ, डा. शान्तकुमारी सापकोटा, डा. हीरा तुलाधर, डा. गीता सायमी र डा. कल्पना सुवेदी उपाध्याय छन्।
वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा. सुनिता आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ रहेका छन्।
उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका थिए। संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको सभापतित्वमा सो कार्यक्रम भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।