|

काठमाडौँ : सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गरेका छन्।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उक्त दाबी गरे। महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरूबीचको सहकार्य अझ घनिष्ट बनाउने गरी छलफल अघि बढाइएको पनि बताए।

उनले सरकारको कामलाई व्यवस्थित गर्न आफूहरूले कार्यदल बनाएर न्यूनतम साझा कार्यक्रम तयारी गरेको पनि बताए। 

महासचिव पोखरेलले भने, ‘सरकारको कामको समीक्षाको समय शुरु भएको छैन। यद्यपि सरकारले नयाँ सरकार गठन भएपछि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन रहेको छ।’

फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाबारे संसद् र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरूलाई स्वीकार हुने पनि बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.