|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता साढे ९५ प्रतिशत रहेको जनाएको छ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या ८ लाख ६२ हजार ४ सय रहेको बताएको छ।

आव ०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन्। 

गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार रुपैयाँ मात्र खर्च भएको छ।

काठमाडौँका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयबाट आव ०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा १ अर्ब ५६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.