|

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन्।

जननायक विश्वेश्वरप्रसाद कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक अन्तरक्रियामा उनले बिपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताए।

“आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो,” उनले भने। कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको उनको भनाइ थियो।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले विसं २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए। उनले बिपी कोइराला गतिशील विचार भएको नेता भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.