|

काठमाडौँ : आज देशमा ललितपुरको एउटा घटनाले सनसनी मञ्चायो। कुपण्डोल सडकमा परेको भ्वाङ केही अघि काठमाडौँ महानगरपालिकाको कार्यालय काठमाडौँ प्लाजा अगाडि  सडक भासिएकोसँग मिल्दोजुल्दो थियो तर प्रकृति भने निक्क फरक छ। 

ललितपुरको होटल हिमालयको छेउमा आज अपराह्न साँढे १ बजेतिर एक्कासी पानीको चापसहित सडकमा भ्वाङ पर्दा केही मोटरसाइकलहरू ढले। धन्न ठूलो दुर्घटना भने हुन पाएन। 

त्यहाँ विष्फोट भए झैँ ठूलो आवाजसहित भ्वाङ परेर पानी बाहिर निस्किँदा बाढी नै बन्न पुगेको थियो। त्यसरी भ्वाङ पर्नुको मुख्य कारण भने मेलम्चीको पानी नै हो। सडकमुनी बिच्छ्याइएको पाइप फुटेर पानी निस्किएको र त्यो पानीको दबाबले सडक फुटाएर भ्वाङ पारेको हो।

त्यसलगत्तै सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर शुभराज न्यौपाने र सडक विभाग ललितपुरका प्रमुख गोपाल खकुरेल आइपुगेका थिए। 

खनेर हेर्दा पाइपलाइन फुटेर पानी निस्किएको र त्यसले नै सडक फुटाएको पाइएको थियो। केही समयपछि प्राप्त सूचनाका आधारमा केयुकेएलले त्यस क्षेत्रको पानी बन्द गरेपछि वातावरण सहज भएको हो। 

अब पानीको पाइलपाइन बनाएपछि सडक मर्मतको काम थालिने छ। त्यसका लागि काम जारी रहेको जनाइएको छ।  यो घटनाले मेलम्ची पानीको पाइपलाइन यसै गरी फुट्ने खतराको संकेत दिएको स्थानीयहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.