|
फाइल तस्वीर

काठमाडौँ : अब लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने भएको छ। सरकारले आज राजपत्रमा एक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकेको हो। 

हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ ले दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा ३ बमोजिम राख्न पाउने तर दफा ४ र ५ बमोजिम यात्रा अनुमति नलिएका हतियारहरू घर बाहिर लैजान नमिल्ने सूचनामा भनिएको छ।

यात्रा अनुमति लिएका हतियारसमेत न्यायिक निकाय, संसद भवन तथा परिसर, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र तथा शैक्षिकस्थल, सिनेमा हल, व्यवसायिक भवन, हाटबजार तथा सपिङ मल, सभा जुलुस भएको ठाउँमा लैजान नपाउने उल्लेख गरिएको छ। 

त्यस्तै पुरातात्विक र संरक्षित स्थल, बालसुधार गृह, हतियारको इजाजत लिएको कार्यालयमा इजाजतपत्र नवीकरणका लागि ल्याउने र लैजाने प्रयोजनबाहेक सरकारी कार्यालयहरु र प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रहरुमा लैजान नमिल्ने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.