काठमाडौं : २० वर्ष मुनिको महिला विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई पराजित गर्दै जापान सेमिफाइनलमा प्रवेश गरेको छ।
कोलम्बियामा जारी खेलमा जापानले स्पेनलाई १-० गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो। यसै गरी गएराति नै भएको खेलमा नेदरल्याण्डले कोलम्बियालाई हराउँदै पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै जापानसँगको भेट पक्का गर्यो।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमले २-२ को बराबरी खेलेपछि पेनाल्टी भएको थियो। जसमा नेदरल्याण्ड्सले बाजी मार्यो।
गएराति नै भएको अर्को खेलमा उत्तर कोरियाको महिला टोलीले ब्राजिललाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
यसैगरी अन्तिम समयमा सम्हालिन नसक्दा अमेरिकाले जर्मनीलाई अन्तिम ८ बाटै बिदा गरेको छ। निर्धारित समयमा २-० को अग्रता बनाएको जर्मनीले थपिएको ८ मिनेटमा दुई गोल खायो। त्यसपछि पेनाल्टी हुँदा अमेरिकाले बाजी विजयी भयो।
फाइनल प्रवेशका लागि बिहीबार अमेरिका र उत्तर कोरिया तथा नेदरल्याण्ड्स र जापान भिड्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।