|

विराटनगर : शान्ति र समृद्धिको कामनासहित विराटनगरमा नेवार समुदायले भीमसेन जात्रा गरेको छ।

बजारअड्डा चोकनजिक संसारीमाईस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगर महानगरपालिकाको बजार क्षेत्र परिक्रमा गरेको थियो। 

मंगलवार निकालिएको जात्रामा भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो। जात्रामा धिमेबाजा र लाखेनाचसहित झाँकी पनि प्रदर्शन गरिएको थियो।

नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएको जानकारहरु बताउँछन्।

शान्ति र समृद्धिको कामना गर्दै निकालिने भीमसेन जात्रा काठमाडौँ, दोलखा, भोजपुर, धनकुटालगायत शहरसहित नेवारी समुदायको बसोबास रहेका अन्य क्षेत्रहरुमा निकालिने गरिएको छ।

पछिल्लो समय विराटनगरमा समेत यो जात्रा निकाल्न थालिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.