काठमाडौं : सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ।
बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो।
सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।
आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ।
यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ। सोह्र श्राद्धको पहिलो दिन पाशुपत क्षेत्रस्थित बागमती नदी किनारमा पितृलाई सम्झना गर्नेहरू–
तपाईंको ईमेल गोप्य राखिनेछ ।