|

काठमाडौं : एन्फा महिला लिगमा अपराजित विभागीय नेपाल पुलिसले चन्द्रपुर नगरपालिकासँग खेल्दैछ। 

खेल सातदोबोटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मध्यान्ह १२ः३० मा सुरु हुनेछ। पुलिस पाँच खेलमा ११ अंकका साथ तेस्रो स्थानमा छ।चन्द्रपुरलाई हराउन सके पुलिस दोस्रो स्थानमा उक्लिनेछ। यता चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछ। चन्द्रपुर पाँच खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ।

प्रतियोगिता अन्तरगत आजै कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली पहिलो जितको लक्ष्यमा छन्। कर्णाली पाँच खेलबाट एक अंकका साथ नवौं स्थानमा छ।​

पाँचै खेलमा पराजय ब्यहोरेको सुदूरपश्चिमले अंकको खाता खाता खोल्न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.