काठमाडौँ : सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ।
सर्वोच्च अदालत बारको आज बसेको कार्यसमितिको बैठकले सर्वोच्च अदालतमा रिक्त पाँचजना न्यायाधीशको अविलम्ब नियुक्तिको प्रक्रिया अगाडि बढाउन उक्त ध्यानाकर्षण गराएको हो।
“सर्वोच्च अदालतमा हाल पाँचजना न्यायाधीशहरूको पद रिक्त भई दैनिक सेवा प्रवाहमा असर परिरहेको कुरामा सर्वोच्च अदालत बार एशोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ”, बैठकपछि सर्वोच्च अदालत बारका सचिव श्यामकुमार खत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतका न्यायाधीशहरूको अविलम्ब नियुक्ति गर्न र मापदण्ड पूरा गरेका अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्नु ध्यानाकर्षण गर्दछ।”
उक्त बारले २०८१ साल साउन १० गते प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशलाई भेटी उक्त विषयमा ध्यानाकर्षण गरेको कुरा स्मरणसमेत गराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।