काठमाडौँ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपालले ओमानसँग १७ ओभरमा ३ विकेटको क्षतिमा ४५ रन बनाएर खेलिरहेको छ।
क्यानडाको किङ्ग सिटीमा राति पौने ९ बजे शुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको खेल हुँदा ३ विकेट गुमाएर ४५ रनमात्र बनाएको छ।
नेपालका लागि अर्जुन साउदले १२ बलमा ५ रन बनाएर आउट भए भने आशिफ शेख २८ बलमा ११ रन बनाएर आउट भए। तेस्रो विकेटका रुपमा ३२ बलमा ११ रन नै बनाएर भीम सार्की आउट हुँदा नेपालको स्कोर ३१ रनमात्र थियो।
अहिले क्रिजमा ९ रन बनाएर कप्तान रोहित पौडेल र ७ रन बनाएका आरिफ शेख खेलिरहेका छन्। पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।
विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा ८ टोलीको सहभागिता छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।