‘प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचितको मात्र सदन बनाऔँ’

|

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचितको मात्रै सभा बनाउनुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका उनले बिहीवार कार्लविक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा राष्ट्रियसभाबाट प्रधानमन्त्री हुन पाउनुपर्ने माग गरेका हुन्।

‘प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित बनाऔँ। राष्ट्रियसभा समानुपातिक बनाऔँ‚’ उनले भने‚ ‘बरु राष्ट्रियसभाबाट पनि मन्त्री, प्रधानमन्त्री हुने व्यवस्था गरौँ। त्यसले केही बिग्रिँदैन।’  

उनले प्रत्यक्ष निर्वाचनमै महिला, दलित अथवा विभिन्न जातजातिलाई सिट दिएर सोही क्लस्टरले मात्र आपसी प्रतिष्पर्धा गराउन सकिने बताए। 

उनले समानुपातिक सदस्यहरुलाई राष्ट्रियसभामा लानुपर्ने बताए। उनले शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्ने वेला आइसकेको बताए।

‘हामीले केही कुरामा संविधान संशोधन गर्नुपर्ने जरुरी छ। प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित गराऔँ‚ यहीँ समावेशी बनाऔँ। महिला उठ्ने ठाउँमा महिलामात्रै उठाइदिउँ, दलित उठ्ने ठाउँमा दलितमात्रै उठाइदिउँ। जनजातिको ठाउँमा जनजातिको मात्रै प्रतिनिधित्व गराऔँ‚’ उनले भने‚ ‘समानुपातिक पद्धति हामीले बिगारेकै छौँ। जनप्रिय छोडेर धनप्रिय खोज्छौँ‚ नाताका खोज्छौँ‚ नीतिका होइन नेताका खोज्छौँ‚ नाता छोड्यौँ भने दाता खोज्छौँ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.