|

काठमाडौं : जावलाखेलमा रहेर सेवा दिँदै आएको लेजर थेरापी  क्लिनिक लगनखेल बटुक भैरव जाने बाटोमा सरेको छ। यस क्लिनिकले जाउलाखेलमा सेवा दिँदै आएको थियो। यो थेरापी सेवा २४ वर्ष अघिदेखि नेपालमा भित्रिएको हो।

यति लामो समय सम्ममा झण्डै ३०-३५ हजार बिरामीले क्लिनिकबाट स्वास्थ्य उपचार सेवा लिइसकेका छन्। लेजर थेरापीबाट उपचार गराउने देशभरीमा यस्तो अर्को  कुनै क्लिनिक नरहेको बताइन्छ। यस क्लिनिकको अन्त कतै आफ्नो अर्को शाखा नरहेको पनि क्लिनिककी डा. सुशीला वैधले बताइन्। लगनखेलमा बिरामीका लागि सुविधासम्पन्न भवन रहेको र थप उपचार सेवा विस्तार गर्न लागिएको पनि डा. वैधले बताइन्।  यस क्लिनिकमा करिब ४०० भन्दा बढी रोगहरुको सफल उपचार गरी नयाँ जीवन दिन सफल भएको डा वैधको भनाइ छ। धेरैभन्दा धेरै बिरामीले उपचार लिई  रोग मुक्त  हुन पनि डा वैधले सबैमा अनुरोध छ।  

लेजर थेरापी के हो?

लेजर विकिरणको माध्यमबाट मेसिनको सहायताले गर्ने उपचार विधि हो। लेजर मेसिनबाट लेजर विकिरण नानोमिटरमा निस्किन्छ। लेजरको विकिरणलाई आँखाले देख्न सक्दैनौँ। यो विकिरणबाट निस्केको तातो अथवा चिसो महसुस पनि गर्न सक्दैनौँ।

रोगअनुसार यो विकिरणको मात्रा निर्धारण गरिन्छ। शरीरको रोग र अङ्गअनुसार विकिरणको मात्रा प्रवाह गर्नुपर्ने भएकाले यस्तो उपचार दक्ष चिकित्सकले मात्र गराउन सक्छन्। मेसिनको प्रयोग गरिने भएकाले यस्तो मेसिन चलाउन पनि दक्ष चिकित्सकको नै आवश्‍कता पर्दछ।

लेजरको विकिरण मानव स्वास्थ्यका लागि हानिरहित छ, कुनै किसिमको साइड इफेक्ट नगर्ने भएको हुनाले नै विश्वका विकसित देशहरूमा यसको लोकप्रियता बढ्दो क्रममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.