|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयका उच्च कर्मचारीहरूको जिम्मेवारी व्यापक हेरफेर गरेका छन्। मन्त्री स्तरीय निर्णय गर्दै उनले 

 स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विकास देवकोटालाई लगिएको छ। अतिरिक्त सचिव डा. देवकोटालाई मन्त्रालयबाट विभागको महानिर्देशकमा लगिएको हो। यसअघि विभागको महानिर्देशक डा. संगीता मिश्रा थिइन्  उनलाई मन्त्रालयमा तानिएको छ। स्वास्थ्य सेवा विभागको महानिर्देशक मन्त्रालयको अतिरिक्त सचिव हुने व्यवस्था रहेको छ। 

उपचारात्मक महाशाखाको जिम्मेवारीमा डा. सुधा देवकोटालाई ल्याइएको छ। यसअघि उक्त महाशाखा प्रमुख रहेका डा. अनुप बाँस्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सरुवा गरिएको छ। स्वास्थ्य तालिम केन्द्रमा यसोदा अर्याललाई लगिएको छ। डा. अनुप भट्टचनलाई सार्क टिबी रोग केन्द्रमा पठाइएको छ। मन्त्रालयका प्रवक्ता र केन्द्रीय कारागार अस्पतालका निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालय ल्याइएको छ। केन्द्रीय कारागार अस्पतालमा सार्क टिबी रोग केन्द्रमा रहेकी डा. मनिषा रावललाई पठाइएको छ।

 विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझीलाई लगिएको छ। यसअघि उक्त ठाउँमा रहेका डा. श्रवण थापाको ट्रमा सेन्टरमा सरुवा गरेर पठाइएको छ। 

मन्त्री पौडेलले वीरगन्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दासलाई पठाएका छन्।  डा. दास यसअघि मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखामा थिए। उनको ठाउँमा डा. भीमप्रसाद सापकोटालाई ल्याइएको छ।

यस्तै, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. सरोज शर्माले पाएका छन् । यसअघि उक्त महाशाखा प्रमुखको जिम्मेवारीमा डा. मदन उपाध्याय थिए । डा. उपाध्यायलाई वीर अस्पताल पठाइएको छ। यसैगरी, कोशी अस्पतालको प्रमुख डा. रुणा झालाई लगिएको छ। उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेकी थिइन्।  यसअघि उक्त अस्पतालको मेसुमा डा. रविनराज सिंह रहेका थिए। गजेन्द्रनारायण अस्पतालको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन्।

भेरी अस्पतालको मेसुमा डा. निराजन सुवेदीलाई नियुक्त गरिएको छ । यसअघि उक्त अस्पतालको मेसु डा. प्रकाश थापा रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.