|

काठमाडौँ : नेपालमा भोलिदेखि चार दिन लगातार  मौसम बदली भई ठाउँठाउँमा भारी वर्षा हुने भएको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज फेरि विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। महाशाखाले वर्षाले ५६ जिल्ला रेड जोन (उच्च जोखिम)मा रहेको जनाएको छ। वर्षा हुने प्रणाली नै लम्बिएको छ।

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि दिउँसोदेखि असोज १३ गते आइतवारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने भएको छ। 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ। साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ। 

रेड जोनमा परेका जिल्लाहरू

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.