|

भक्तपुर : हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्‍याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द भएको छ । 

अस्पताल प्रशासनले शनिबार सूचना जारी गरी अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी पसेपछि यथास्थितिमा सेवा दिन नसक्ने जनाएको छ। अस्पतालले आकस्मिक सेवालगायत ओपिडी, फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरेलगायत सबै सेवा बन्द गरेको हो।

यता भक्तपुर अस्पतालले भने विपद्को समयमा उपचारका लागि आउने बिरामीको उपचार गरिरहेको जनाएको छ। भक्तपुर अस्पतालकी निर्देशक डा‍.सुमित्रा गौतमले बाढी, पहिरो र डुबानमा परी घाइते भएका वा बिरामी परेकाको  उपचार गर्ने बताए। जस्तोसुकै अवस्थामा पनि सहज सेवा दिनेगरी अस्पतालले तयारी गरिरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.