|

पाँचथर : मेची राजमार्गको इलाम-फिदिम सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

राजमार्गअन्तर्गत पाँचथर सदरमुकाम फिदिम बजारदेखि ८ किलोमिटरमाथि रमिते भ्यु टावर नजिकैबाट १५० मिटर सडक पहिरोले बगाएपछि सडक सञ्चालन गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए। 

सडक खुलाउने काम भइरहेको तर पहिरो खस्ने क्रम नरोकिएकाले सडक मर्मत र सञ्चालनमा ल्याउन कठिनाइ भएको उनको भनाइ छ।

मेची राजमार्गकै फिदिम-ताप्लेजुङ सडकखण्डमा पर्ने हेवा खोलाको बेलिब्रिज बगेका कारण ताप्लेजुङसहित पाँचथरका हिलिहाङ याङवरक र फालेलुङ क्षेत्र सडक सम्पर्कविच्छेद भएका छन्। 

तत्काल खोलो घट्ने सम्भावना नरहेकाले डाइभर्सन बनाउन पनि कठिनाइ देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.