|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीलाई आग्रह गरेका छन्।

मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरोपछि पानीका श्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आआफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह गरे। उनले सबै उपाए अपनाउन पनि अनुरोध गरेका छन्।

विपद्का समयमा स्वास्थ्यकर्मीहरुले पुर्‍याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, 'स्वास्थ्यकर्मीहरुले विपद्का समयमा बिरामीको उपचारमा खेलेको भूमिका सराहनीय छ, अब यसपछि फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला। आवश्यक केही परे भन्नुस्, हामी सघाउन तयार छौँ।'

उनले खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए। 

यसका लागि मातहतका सबै निकायलाई परेको अप्ठेरो फुकाउन मन्त्रालय लाग्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.