काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसघ)को समन्वयमा कानून पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’ सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
बुधबार त्रिवि कानून सङ्कायमा डीन डा कृष्णप्रसाद बस्यालको उपस्थितिमा इच्छुक ल फर्म र नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख श्याम बहादुर कार्की बीच सम्झौतामा हस्ताक्षर भएको हो।
उक्त सम्झौतापत्रमा समन्वयकर्ता एवं साक्षीका रूपामा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका छन्। नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार यस पेड कार्यक्रम इन्टर्नसीप सम्झौतापछि ल फर्ममा काम सिक्न चाहने कानून अध्ययनरत विद्यार्थीहरूले पारिश्रमिकका रुपमा मासिक १५ हजार प्राप्त गर्नेछन्।
उनले भने,‘इन्जिनियरिङ सङ्काय, मानविकी सङ्काय पछि कानून सङ्कायमा समेत नेपाल नेपाल विद्यार्थी सङ्घको समन्वयमा आज कानून पढ्ने विद्यार्थीका लागि ‘पेड इन्टर्नसिप’ सम्बन्धी सम्झौता सम्पन्न भएको हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।