काठमाडौं : गीतकार विश्व वल्लभको उपचार अन्नपूर्ण अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा भइरहेको छ। आइतबार बिहान उठ्न खोज्दा अचानक ढलेपछि उनलाई अन्नपूर्ण अस्पताल पुर्याइएको थियो।
गीतकार वल्लभकी कान्छी छोरी भावना भट्टराईका अनुसार ‘प्रेसर स्ट्रोक’ भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकले अझै केही दिन अस्पतालमा राखी उपचार गर्नुपर्ने जानकारी दिएका छन्।
विद्वान् पण्डित मुरलीधर भट्टराईका कान्छा छोरा विश्व वल्लभ काठमाडौँमा जन्मिएका हुन्। नुवाकोटमा शिक्षक हुँदादेखि नाटक लेखन, निर्देशन थालेका वल्लभ २०१६ सालमा रेडियो नेपाल सेवामा प्रवेशपछि गीतकारका रूपमा स्थापित भएका हुन्।
रेडियो प्रवेशपछि नाटक लेखनसँगै रेडियो पत्रकारितामा सव्रिmय वल्लभको गीत ‘पसलबाट बिकिसकेको म एउटा मान्छे’ पहिलो पटक मदनकृष्ण श्रेष्ठले गाएका थिए।
२०२० को दशकदेखि गीतकारका रूपमा स्थापित वल्लभका ‘भाग्यले खुसी खोसेर लग्यो बदला लिएर’, ‘तिम्रो हाम्रो जिन्दगानी’, ‘तिम्रो पत्र पाएको थिएँ’, ‘जहाँ जान खोज्छु ठक्कर खान्छु’, ‘मैले त एउटा’ लगायत दर्जनौँ गीत छन्।
उपचाररत गीतकार वल्लभलाई गीतकार सङ्घका तर्फबाट एक लाख २० हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ।
सो रकम वल्लभका छोरीद्वय विजय राणा र भावना खुलाल भट्टराईलाई हस्तान्तरण गरिएको जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।