|
फाइल तस्वीर

विराटनगर : एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन्। 

चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीवार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्त विरोधमा उत्रेका हुन्। 

सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० सेल अश्रुग्यास प्रहार गरिएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए। 

अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ।  

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.