|

काठमाडौँ : विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको  छ। 

अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्दती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवरलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको हो।

त्रिनगर भन्सार कार्यालयको एरियामा  भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरूलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो।

यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुलाई अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सुक्ष्म निगरानी गरिरहेको जनाइएको छ। 

यसैगरी सिमानामा आवतजावत गर्ने व्यक्तिलाई दुख हैरानी दिनेतर्फ ध्यान दिँदै सशस्त्र प्रहरीका अधिकृतहरूले सादा पोशाकमा खटिएर अनुगमनसमेत गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.