|

काभ्रेपलाञ्चोक : हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ। ७५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन्। हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ। 

पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन्। तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ।

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत रामग्री वितरण  जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.