सुनसरी : देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका छन्। तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान छ। दशैँअघि नै धान भित्र्याउने सोचमा रहेका मेहताले १० कठ्ठाभन्दा बढी धानखेतमा बाढीले क्षति पुर् याएको छ।
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्याएको हो। ‘दशैँअघि नै धान भित्र्याउने सोच बनाएको थिएँ। आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए’, उनले भने, ‘ यसबाट आएको आम्दानीबाट दशैँ मनाउने सोच थियो । ”
यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए। उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा४० हजार खर्च गरेका थिए। ‘बाढीले भित्र्याउने वेला भएको धानबालीमा धेरै नै क्षति भयो। योपटक दशैँ दशा भएर आयो।’
बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क संकलन जारी रहेको छ। कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले १९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।
उनले बाढीबाट दुई करोड ५० लाख रुपैयाँ बराबारको धान नोक्सानी भएको जानकारी दिए। ‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।