|

काठमाडौँ : दशैँ मनाउन ९ दिनको अवधिमा ५ लाखभन्दा बढी सर्वसाधारणहरू काठमाडौँ उपत्यका छाडेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १४ गतेबाट हालसम्म उपत्यकाबाट ५ लाख ६५ हजार सर्वसाधारणहरू दशैँ मनाउन गाउँ गएका छन्।

घटस्थापनादेखि यता ४ लाख २२ हजार यात्रुहरू बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता रविन कार्कीले जानकारी दिए।

उनका अनुसार २४ घण्टाको अवधिमा मात्रै १ लाख यात्रु बाहिरिएकाे तथ्यांक छ। ‘बाढी पहिरोले राजमार्गहरू अवरूद्ध गरे पनि दशैँ मनाउन गाउँ जानेहरूको झनै चाप बढ्दै गएकाे छ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.