काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै खुसी हुनका लागि दशैँ कुर्नु नपरोस् भनी कामना गरेका छन्।
शाहले बिहीबार एक वक्तव्य जारी गर्दै दसैंको शुभकामना दिएका हुन्। साथै, उनले बाह्रय शक्तिराष्ट्रहरूको दबाव र दुष्प्रभाव नपरी नेपालीहरू दशैँमा मात्र नभएर अन्य समयमा पनि खुसी र सुखी रहने अवस्था सृजना होस् भनी कामनासमेत रहेका छन्।
जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि आफूहरूले दरबार छाडेको तर, अहिले त्यसो नभएको उनको भनाइ छ।
‘खुसी हुन र रमाउन दशैँ नै पर्खनुपर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पूरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो’ उनले विज्ञप्तीमा भनेका छन्,’जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं। तर दुई दशक पूरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकांक्षा पूरा नहुँदा हाम्रो बेचैनी बढाएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।