|

काठमाडौं : काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा  महानगरकाे बोर्ड राखेको छ। मारवाडीको प्रतिकारबीच महानगर प्रहरीले मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ।

सोही क्रममा मारवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीबीच धकेलाधकेल भएको थियो। पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो।

धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा मारवाडीहरूले प्रतिवाद गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.