|

सुर्खेत : २६ वर्षपछि जाजरकोट दरबारमा पुरानो राजधानी जगतीपुरबाट खड्ग देवता सहितको फूलपाती  जाजरकोट दरवारमा  भित्र्याइएको छ।                  प्रत्येक वर्ष फूलपाती पर्वका अवसरमा  जाजरकोट दरवारमा  भित्र्याइने  खड्ग देवता  गएको २५ वर्षसम्म  खलंगाकै कालिका मन्दिरवाट जाजरकोट दरबारमा भित्र्याउने गरिएको थियो।

जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवतालाइ दशैंको सप्तमीमा जगतिपुरवाट भित्र्याउने चलन वन्द भए पनि  यसलाइ फेरि जगतिपुरमै लिने पहल गरिएको थिएन। मुलुकको सशस्त्र द्वन्द्वका कारण असुरक्षा भएको भन्दै  २०५५ सालमा उक्त खड्गलाइ  खलंगाको कालिका मन्दिरमै राखिएको थियो। द्वन्द्व समाधान भए पनि  स्थानीय सरोकारवालाहरुको बेवास्ताका कारण खड्गलाई  जगतीपुर नलिएर कालिका मन्दिरमै राखिएको थियो।

यस वर्ष  जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विशेष पहल, समन्वय र सक्रियतामा २६ वर्षपछि जगतिपुर दरबार क्षेत्रको खडग देउताको मन्दिरमा  लगिएको थियो। प्रतिष्ठानको पहल र समन्वयमा जिल्लामा बसेको सर्वपक्षीय वैठकले यस वर्षदेखि जगतिपुरबाटै खड्ग देवता ल्याउने निर्णय गरेको  थियो।                          ​

जगतिपुरवाट  ल्याइएको  खड्ग देवतालाइ वाजागाजा सहित शान्तिचौतारामा  भव्य स्वागत सहित ग्रहण गरेर गैरीखालीमा पुगी वजुको मन्दिर छेउमा  पुजा अर्चनासहित  नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले  जाजरकोटकी देवीहरु कालिका, मालिका  र भगवतीलाइ सलामी दिएका थिए। उक्त पुजा र सलामी पछि ठुलो संख्यामा  रहेका सर्वसाधारण, सुरक्षाकर्मीहरु र अन्य व्यक्तिहरुको सहभागितामा  उक्त खड्ग र फुलपातीलाइ जाजरकोट दरवार पुरयाएको थियो। 

दरवार पुरयाइएको खड्ग र फुलपातीलाइ विशेष पूजासहित  जाजरकोट दरवारको जमराघरमा  भित्र्याइएको थियो।  उक्त अवसरमा  पुन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीले  सलामी दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.