प्रत्यक्षमै पच्छारिने थिए १३ जना, समानुपातिक जोड्दा बल्ल पुग्‍थ्यो १९ सिट

|

काठमाडौं : नेकपा माओवादी केन्द्र आगामी निर्वाचन एक्लै लड्ने तयारीमा छ। कांग्रेस र एमालेले जसरी चुनावी गठबन्धन नगर्ने घोषणा नै गरिहाल्न आँट भने नगरेको उसले एक्लै लड्ने गरी तयारीमा जुटेको बताउँदै आएको छ। 

आगामी निर्वाचन यथाशक्य एक्लै लड्ने भनिरहँदा गत निर्वाचनको मत विवरण भने उसका लागि सुखद देखिँदैन। प्रत्यक्षतर्फ १८ तथा समानुपातिकर्फ १४ सिट जितेर तेस्रो शक्ति बनेको माओवादीले आगामी चुनाव एक्लै लडेमा उसको आकार ह्वात्तै घट्ने देखिन्छ। 

गत आमनिर्वाचनको मत विवरणलाई आधार मान्दा प्रत्यक्षतर्फ १८ मध्ये १३ ठाउँमा चुनावी गठबन्धनकै कारण माओवादीले जितेको देखिन्छ। गठबन्धन नगरेको भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै हैसियतमा माओवादी सीमित हुने थियो। 

एक्लै लडेको भए हार्ने थिए यी अनुहार 

, सुदन किराती

​भोजपुरबाट सुदन किरातीले गठबन्धनकै कारण बाजी मारेका थिए। उनले एमालेका शेरधन राईलाई पराजित गरेका थिए, जुन दलहरू एक्ला एक्लै लडेको सम्भव थिएन। यसलाई गत आनिर्वाचनको मत विवरणले स्प्ष्ट पार्छ। 

सुदनले पाएका मत : २८,५९१
शेरधनले पाएका मत : २६,२०२ 
मतान्तर : २३८९
समानुपातिकतर्फ कांग्रेसले पाएको मत १४,७७६ र एकीकृत समाजवादीको ३,६९३ गरी कुल१८४६९

कांग्रेस र एकीकृत समाजवादीले मत नहालेको भए सुदन करिब साढे १२ हजारमा सीमित हुँदा एमालेका शेरधनले बाजी मार्ने थिए। तर कांग्रेस र एकीकृत समाजवादीको झन्डै साढे १८ हजार मतले नै सुदनको हारबाट जोगिएका स्पष्ट हुन्छ। 

, रामकुमार राई

खोटाङबाट प्रतिनिधिसभा सदस्यमा जितेका रामकुमार राईमाथि पनि गठबन्धनकै कृपा देखिन्छ। उनले कांग्रेस र एकीकृत समाजवादीकै सहयोगले एमालेका विशाल भट्टराईलाई पराजित गर्न सफल भएका थिए। 

राईले पाएका मत : ३१,३५१
भट्टराईले पाएका मत : २८,६८२
मतान्तरः ,६६९
समानुपातिकर्फ कांग्रेसको १८,६७२ र एकीकृत समाजवादीको ३,३६३ गरी कुल२२,०३५

उल्लेखित विवरणबाट के स्पष्ट हुन्छ भने कांग्रेस वा एकीकृत समाजवादीमध्ये एक दलको मात्र समर्थन नरहने हो भने माओवादीका राईका हार पक्का थियो। किन कि तीन हजारभन्दा कम मतान्तरको जित निकालेर उनले संसद्को यात्रा तय गरेका थिए। खोटाङमा माओवादीको भने साढे ११ हजार हाराहारी मात्र मत छ। यस्तो अवस्थामा एक्लै लडेको भए माओवादी तेस्रोमा सीमित हुने थियो। 

, अमनलाल मोदी

मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी नेता हुन् अमनलाल मोदी। एमालेका विनोदप्रसाद ढकाललाई हराएका उनको जित पनि गठबनधनकै कारण सम्भव थियो भन्ने देखिन्छ। 

मोदीले पाएका मत : ३०,६१२
ढकालले पाएका मत : २४,४३६
मतान्तर ६,१७६
समानुपातितर्फ कांग्रेसको मत १९,५५५ र एकीकृत समाजवादीको ४०१ गरी कुल१९९५६

मोदीको जितमा सबैभन्दा ठूलो योगदा कांग्रेसी मतको देखिन्छ। कांग्रेसको साढे १९ हजार मत नपाएको भएपनि उनको हार पक्का थियो, किन कि मोरङ ४ मा माओवादीको समानुपातिक मत ११ हजार मात्र छ।   

, महिन्द्रराय यादव

सर्लाही–२ बाट माओवादीका महिन्द्रराय यादव पनि गठबन्धनकै कारण विजयी भएको देखिन्छ। उनले निकटतम प्रतिस्पर्धी लोसपाका राजेन्द्र महतोलाई हराएका थिए।   

यादवले पाएको मत : २३,५२९
महतोले पाएका मत : २१,५१८
मतान्तर २०११
समानुपातिकतर्फ कांग्रेसको मत १४,९९३  

कांग्रेसको साथ नपाएको भए यादवलाई दुई हजार मतान्तरको जित निकाल्न पनि हम्मे पर्थ्यो भने उनी करिब १० हजार मतमा सीमित हुने थिए। 

, हितबहादुर तामाङ 

नुवाकोट १ बाट माओवादीका अर्का सांसद हितबहादुर तामाङ पनि गठबन्धनकै कारण सांसद बन्न सफल भएका थिए। कांग्रेसको साथले नै उनले एमालेका बद्री मैनालीलाई तीन हजार बढी मतान्तरले पराजित गरेका थिए। 

तामाङले पाएका मत : २६,५४८
मैनालीले पाएका मत : २३,४६५
मतान्तरः ३०८३
समानुपातिकतर्फ कांग्रेसको १५,७५१ र एकीकृत समाजवादीको ५०५ गरी कुल१६२५६

माओवादीका तामाङ १६ हजार बढी मत पार्टी बाहिरबाट पाउँदा मात्रै एमालेविरुद्ध जित निश्चित भएको देखिन्छ। त्यो मत नपाउने हो भने उनी करिब १५ हजार मतमा सीमित हुने थिए।  

, सूर्यमान तामाङ दोङ

​काभ्रेपलान्चोक १ बाट माओवादीका सूर्यमान तामाङ (दोङ) ले एमालेका रेसमबहादुर लामालाई पराजित गर्दा कांग्रेसकै मत महत्वपूर्ण थियो। एकीकृत समाजवादीको मतले जितको मतान्तर बढाएको देखिन्छ।  

दोङले पाएका मत : ३४,५१२
लामाले पाएका मत : ३०,५४८
मतान्तर ३,९६४
समानुपातिकतर्फ कांग्रेसको २१,७५५ र एकीकृत समाजवादी १९५५ गरी कुल२३,७१०

दोङको जितमा पनि आधाभन्दा बढी मत कांग्रेसले खन्याएको थियो। दलहरू एक्लाएक्लै लडेको भए माओवादी १७ हजारमा मतका साथ तेस्रोमा सीमित हुनुपर्थ्यो भने एमालेले बाजी मार्ने थियो। 

, माधव सापकोटा 

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको जित पनि कांग्रेसको साथबाटै सम्भव भएको थियो। उनले निकटम प्रतिद्वन्द्वी एमालेका सुरेश नेपाललाई हराएका थिए। 

सापकोटाले पाएका मत : ३०,४०८
नेपालले पाएका मत : २७,०६६
मतान्तरः ३३४२
समानुपातिकतर्फ कांग्रेसको १७,२५० र एकीकृत समाजवादीको ६८५ गरी कुल१७,९३५ 

सापकोटाले पाएका कुल मतमध्ये आधाभन्दा बढी मत पार्टीबाहिरको थियो। उनका लागि एकीकृत समाजवादीको मतले ठूलो अर्थ नराखेपछि कांग्रेसको १७ हजार बढी मत नपाएको भए जित सम्भव थिएन। 

, लेखनाथ दाहाल 

लेखनाथ दाहाल सिन्धुली २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। गत आमनिर्वाचनमा एमालेका उम्मदेवार मनोजजङ्ग थापालाई पराजित गर्ने क्रममा उनका लागि कांग्रेसको मत नै वरदान सावित भएको थियो। 

दाहालले पाएका मत : २७,५१७
थापाले पाएका मत : २१,६८७ 
मतान्तर : ५,८३०
समानुपातिकर्फ कांग्रेसको १३,३४९ र एकीकृत समाजवादीको ३५७ गरी कुल१३७०६ 

दलहरू एक्लाएक्लै लडेको भए सिन्धुली २ मा पनि माओवादीका दाहालको जित असम्भव थियो। कांग्रेसको १३ हजार बढी मत पाएकै कारण बलियो एमालेलाई पाखा लगाउन दाहाल सफल भएको विवरणले देखाउँछ। 

, देवेन्द्र पौडेल

बागलुङ २ बाट माओवादी सचिवसमेत रहेका देवेन्द्र पौडेल पनि कांग्रेसको भारी मत पाएकै कारण विजयी भएका थिए। कांग्रेसको १६ हजार बढी मत पाउँदा उनले एमालेका मञ्जु शर्मा चालिसेलाई पराजित गर्न सफल भएका थिए। 

पौडेलले ल्याएको मत : २४,७९४
शर्माले ल्याएकी मत : २०,१९३
मतान्तर : ४,६०१ 
समानुपातिकर्फ कांग्रेसको १६,२८३ र एकीकृत समाजवादीको १६१ गरी कुल१६,४४४

बागलुङ २ माओवादीको करिब साढे ८ हजार मात्रै मत छ। जसकारण गठबन्धन नभएको भए माओवादीको हार निश्चित थियो। तर उक्त क्षेत्रमा बलियो जनमत भएको कांग्रेससँग गठबन्धन गर्दा त्यसको लाभ लिँदै माओवादीका पौडेल बाजी मार्न सफल भएका हुन्। 

१०, रेखा शर्मा

प्रचण्ड सरकारमा लामो समय मन्त्री खाएकी रेखा शर्माको जित पनि गठबन्धनकै कारण सम्भव भएको थियो। कांग्रेसको साढे १९ हजार मत पाउँदा उनले दाङ २ बाट एमालेका महासचिव शंकर पोखरेलविरुद्ध १९३ मतको जित निकाल्न सफल भएका थिइन्। 

शर्माले पाएकी मत : २६,८८०
पोखरेलले पाएका मत : २६,६८७
मतान्तर१९३
समानुपातिकर्फ कांग्रेसको १९,५९१

दाङ २ मा माओवादीको मत ११ हजार पनि छैन। तर उक्त क्षेत्रमा दोस्रो बलियो जनमत भएको कांग्रेससँग चुनावी गठबन्धन गर्दा माओवादीकी शर्माको जित पक्का भयो। उक्त क्षेत्रमा एमाले बलियो जनमत भएको दल हो। दलहरू एक्लाएक्लै लडेको भए एमालेकै जित पक्का थियो। 
 
११, शक्तिबहादुर बस्नेत

शक्तिबहादुर बस्नेत माओवादीका उपमहासचिव हुन्। तर उनको क्षेत्र जाजरकोटमा माओवादी जनमत भने निक्कै कमजोर छ। यसर्थ गत आमनिर्वाचनमा उनले एमालेका निरज आचार्यलाई कांग्रेसको सहयोगबाटै हाराउन सम्भव भएको थियो। 

बस्नेतले पाएका मत : ३४,१५१
आचार्यले पाएका मत : २५,१२०
मतान्तर : ९,०३१
सानुपातिकतर्फ कांग्रेसको २२,९३४ र एकीकृत समाजवादीको ७८६ गरी कुल२३,७२० 

एमाले उम्मेदवारविरुद्ध जित निकाल्दै गर्दा उनले साढे २३ हजार बढी मत पार्टी बाहिरबाट पाएका थिए। जाजरकोटमा माओवादीको साढे १४ हजार मात्रै मत छ। यसबाट स्पष्ट हुन्छ कि कांग्रेसको झन्डै २३ हजार मत नपाएको भए उनको हार पक्का थियो। 
 
१२, छिरिङ डमडुल लामा (कार्चेन)

कांग्रेसको साथले हुम्लाबाट माओवादीका छिरिङ् डमडुल लामा (कार्चेन) प्रतिनिधिसभा सदस्य बनेका थिए। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका दल रावल हराएका थिए।

लामाले पाएका मत : १४,३७१
रावलले पाएका मत : ९,५१६
मतान्तर : ४,८५५
समानुपातिकर्फ कांग्रेसको ८,१९२ र एकीकृत समाजवादीको मत १०२१ गरी कुल९२१३

माओवादीका लामाको जितमा कांग्रेसको मत नै महत्वपूर्ण थियो। काग्रेस ८ हजार बढी मत नपाएको भए लामा साढे सात हजार मतमा सीमित हुने थिए। 

१३, गंगा कार्की

कांग्रेसको २७ हजार मत पाउँदा नै दोलखाबाट माओवादीका गंगा कार्कीको जित पनि सम्भव भएको थियो। उनले एमालेका बालकृष्ण शिवाकोटीलाई हराएका थिए, जुन कांग्रेसको साथबिना सम्भव थिएन। 

कार्कीले पाएका मत : ३६,८२०
शिवाकोटीले पाएका मत : ३६,५०५
मतान्तर : ३१५
समानुपातिकर्फ कांग्रेसको २७,००७ र एकीकृत समाजवादीको २३०१ गरी कुल२९३०८ 

दोलखामा माओवादीका कार्कीले २९ हजार बढी मत कांग्रेस र एकीकृत समाजवादीबाट पाएका थिए। माओवादी एक्लै लडेको भए साढे ११ हजारमा सीमित हुँदै पराजय बेहोर्नुपर्ने अवस्था बन्थ्यो। 

यीबाहेक गोरखा–२ बाट प्रचण्ड, रोल्पाबाट वर्षमान पुन, रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती, रुकुमपश्चिमबाट जनार्दन शर्मा र कालिकोटबाट महेन्द्रबहादुर शाही भने जुनसुकै अवस्थामा पनि जित्ने पक्का थियो। 

यसरी समग्र निर्वाचन तथ्यांकको नतिजालाई हेर्दा माओवादी केन्द्रका १३ जना प्रत्यक्षका सांसदहरूले हार्दा हाल माओवादी केन्द्र १८ सिटमै खुम्चिने थियो। यदि त्यस्तो अवस्थामा पुग्दा हाल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभामुखसहित २१ सिट छ। यस्तो अवस्थामा हाल ३२ सिटमा बसेको माओवादी १९ सिटमा खुम्चिँदा रास्वपाभन्दा सानो हैसियतको बन्नुपर्ने अवस्था रहन्थ्यो।

राजनीतिक कुशलता बोकेका माओवादी अध्यक्ष प्रचण्डले यस्तो कुराहरूको प्रष्ट आँकलन गरेर नै तात्कालीन चुनावमा गठबन्धन गरेको हुनसक्छ। त्यसैले त हुनसक्छ  हालका पछिल्ला उपचुनावहरूमा पनि गठबन्धनका लागि उपर्युक्त साथी खोज्दै हिँडेको छ माओवादी केन्द्र।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.