|

काठमाडौं : जापानी संस्था निहोन हिडान्क्योलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।​

निहोन हिडान्क्यो हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोटबाट बाँचेकाहरूको संगठन हो। ओस्लोमा आज आयोजित कार्यक्रममा यो पुरस्कारको घोषणा गरिएको हो।

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि २८६ जना उम्मेदवार मनोनयनमा परेका थिए । मनोनयनमा पर्नेमध्ये १९७ व्यक्ति र ८९ संस्था थिए । कार्यक्रममा नोबेल समितिका अध्यक्ष जोर्गेनसेन फ्रेडनेसले यो समूहले आणविक हतियारमुक्त कार्यक्रममा महत्त्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए । निहोन हिडान्क्योको वेबसाइटका अनुसार यो संस्था सन् १९५६ मा स्थापना भएको हो। 

यो संस्थानमा आवद्ध भएकाहरूले विश्वभर पुगेर आणविक हतियारले गर्दा हुने भयानक विनाश र यसले निम्त्याउने पीडादायी अवस्थाबारे बारेमा बताउँछन्। पुरस्कार समितिले ‘विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयास र आफ्नो साक्षात् अनुभवबाट परमाणु हतियार पुनस् कहिल्यै प्रयोग गर्नुहुँदैन भनी गरेको प्रदर्शन’का लागि उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ। 

निहोन हिडान्क्योले जापान र बाहिर बस्ने सबै हिबाकुशाको सामाजिक र आर्थिक अधिकारको प्रवर्द्धन, हिबाकुशामाथि आइपरेको विपत्ति फेरि अन्य व्यक्तिमाथि नपरोस् भनी सुनिश्चित गर्ने उद्देश्यसाथ काम गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.