|

काठमाडौं : वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ। चालु आवको भदौसम्म ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको  दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ। 

गत आवको सोही अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको तीन करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए। 

चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ। चालु आवको भदौ मसान्तसम्ममा २२ करोड १७ लाख २८ हजार रुपैयाँको १६ लाख ८८ हजार ९०० किलो चामल तथा कनिका आयात भएको छ। गत आवको सोही अवधिमा २६ करोड पाँच लाख २७ हजार रुपैयाँको २२ लाख तीन हजार ९०० किलो चामल तथा कनिका आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो। 

चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ। भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ। गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजार रुपैयाँको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.