|

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली परिचालन गरिएको छ। 

कास्की प्रहरीले सहकारी ठगी आरोपमा अदालतबाट पक्राउ अनुमति पाएपछि अहिले उनलाई नियन्त्रणमा लिन प्रहरीले सिआइबीको टोली खटाएको हो। 

सिआईबीका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा टोली परिचालित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

पार्टी कार्यालय पुगेको सिआइबीको टोलीसँग उनले आधा घण्टाको समय मागेका छन्। अहिले रास्वपा पार्टी कार्यालयमा मानिसहरूको बाक्लो उपस्थिति रहेको छ। 

सीआईबी टोली पुग्नुअघि नै रास्वपा कार्यालय बाहिर मानिसको बाक्लो उपस्थिति भइसकेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.