|

काठमाडौँ : रास्वपा सभापति पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीका साथै संगठित अपराधमा पनि अनुसन्धान गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुवै अपराधमा अनुसन्धानका लागि अनुमति लिइएको जानकारी दिएको छ। 

सोही आधारमा कास्की प्रहरीले उनलाई पक्राउ गरी पठाइिदन गरेको पत्राचारका आधारमा नियन्त्रणमा लिन अहिले सिआईबीको टोली परिचालन भएको छ। 

कास्की जिल्ला अदालतले प्रहरीलाई आज शुक्रवार नै पक्राउको अनुमति दिएको हो। 

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.