काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले कुनै अपराध नगरेको दावी गरेका छन्।
उनलाई पक्राउ गर्ने क्रममा आफ्नै पार्टी कार्यालयमा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले अहिलेको सरकार बनाउने निर्णय भएकै दिन आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको बताए।
उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु।’
उनले राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप पनि लगाएका छन्। राज्यको दादागिरीको डटेर सामना गर्ने पनि उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।