|

काठमाडौँ : नवलपरासीको पाल्हिनन्दन गाँउपालिकामा रोशन भन्ने सूर्यकुमार बढईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्। 

उक्त घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका जोगिन्दर बढई, सुरज राजभर र अर्का एकजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो। आफ्नै घरको कोठाभित्र भाईसँगै खाटमा सुतिरहेको अवस्थामा उनको हत्या गरिएको थियो।

अनुसन्धानका क्रममा घटना हुनु अघि जोगिन्दर बढईको श्रीमतीलाई आफन्तको घरमा पुर्‍याउन रोशन भन्ने सूर्यकुमार बढईले मोटरसाइकलमा राखेर जाँदै गर्दा बाटोमा जोगेन्दरसँग भेट भएपश्चात विवाद शुरु भएको पाइएको छ । 

सोही कारण जोगिन्दर सूर्यकुमारसँग बदलाको भावना राखेर जोगिन्दरको साथी सुरज राजभर र अर्का एकजनालाई प्रयोग गरी हत्या गरिएको खुलेको छ।  साउन १३ गते बेलुकी मादक पदार्थ र गाँजासमेत खाएर सूर्यकुमारको घर गई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

जोगिन्दर बढई धारिलो हतियारले रोशन सुतेको ठाउँमा गई घाँटी काटेर हत्या गरी ट्वाईलेटको सेफ्टिट्यांकीमा हतियर लुकाएर भागेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.