|

काठमाडौं : लागुऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन्।

सुनसरी, बराहक्षेत्र नगरपालिका-१ झण्डा चोकस्थित सडकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद ४६ हजार ५ सय ५ रूपैयाँ सहित भोजपुर हतुवागडी गाउँपालिका-७ बस्ने २३ वर्षीय समुथल राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले धरानबाट चतरातर्फ आउँदै गरेको को.१ ह ९३३० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम र नियन्त्रित लागुऔषध स्पास्मो १ सय २० ट्याब्लेट सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय हेमनारायण यादव र सोही उपमहानगरपालिका-३ बस्ने २९ वर्षीय विजय लिम्बु रहेका छन्। इलाका प्रहरी कार्यालय दुहबी समेतबाट खटिएको प्रहरीले विराटनगरबाट दुहवीतर्फ आउँदै गरेको को.१८ प २२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो।

रूपन्देही, मायादेवी गाउँपालिका-८ सुनारटोलस्थित सरस्वती घर्ती मगरको घरबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका बस्ने १९ वर्षीय सागर कोईरी समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१६ दरैया बस्ने १८ वर्षीय किशोरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

कैलाली, धनगढी उपमहानगरपालिका-१२ मनहेरा सिविरबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय नरेश राना र २८ वर्षीय सेवाराम राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.