काठमाडौँ : भारतको नयाँदिल्लीबाट काठमाडौँ आएको भारतको भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ।
काठमाडौँमा अवतरण भएलगत्तै भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि अनुसन्धान सुरु भएको प्रहरी उच्च स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।
नेपाली सेनाले अहिले बम डिस्पोजक टोली खटाइसकेको छ। जहाजमा बम राखेको जानकारी पनि दिल्लीबाटै आएको हो।
पछिल्लो समयमा भारीत विमानहरुमाबल राखेको हल्ला लगातार फैलिरहेको छ। अहिले विमानस्थल प्रभावित भएको छ। उडान र अवतरण नै रोकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।