|

काठमाडौँ : भारतको नयाँदिल्लीबाट काठमाडौँ आएको भारतको भिस्टारा एयरवेजको जहाजमा बम नभएको पुष्टी भएको छ। 

काठमाडौँमा अवतरण भएलगत्तै भिस्टाराको उडान नम्बर ‘यूके १५५’ को उक्त जहाजमाथि बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहितका सुरक्षा अधिकारीहरुले अनुसन्धान थालेका थिए। 

अनुसन्धानमा कुनै त्यस्तो वस्तु नभेटिएको हल्लामात्रै रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए।

 आज ४:३० बजे काठमाडौँमा अवतरण भएको उक्त विमानमा१५७ जना यात्रु रहेका थिए। यात्रुलाई आइसोलेसनमा राखेर अनुसन्धान गरी ह्याण्ड ब्यागेज र लगेज सबै अनुसन्धान गर्दा कुनै वस्तु फेला नपरेपछि यात्रुलाई गन्तव्यतर्फ पठाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.