|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न कास्की जिल्ला अदालतले अनुमति दिएपछि आन्दोलनरत रास्वपा कार्यकर्ता थप आक्रोशित भएका छन्। 

सहकारीको रकम अपचलन गरेको अभियोगमा सभापति लामिछाने पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू आज फेरि ७ दिन म्याद थपेपछि थप उत्तेजित देखिएका छन्। 

रविलाई आज दोस्रो पटक अदालत लगिँदा निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका रास्वपाका नेता कार्यकर्ताले म्याद थपको सूचनालगत्तै न्यायिक प्रकियामाथि नै प्रश्न उठाएर नारा लगाएका थिए। 

निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा रोक्न खोज्दा नमानेपछि प्रहरीले बल प्रयोग गरेको छ। आफूहरुको प्रर्दशनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेपछि रास्वपाकी सांसद तोशिमा कार्कीले बयान नलिएर म्याद मात्रै थपेको भन्दै आक्रोस व्यक्त गरिन्।

लामिछानेले पनि न्यायाधीशसामु आफूमाथि राज्यपक्षले ज्यादतीपूर्ण व्यवहार गरेको गुनासो गरेका थिए। उनको म्यादसम्बन्धी सुनुवाइ न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको थियो।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.