बैतडी : बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ वर्षीया हिरा बिष्ट रहेकी छन्।
शुक्रवार विहान १० बजेतिर उच्चाइनी भन्ने भीरबाट लडेर हिराको मृत्यु भएको दोगडाकेदार गाउँपालिका वडा नं–४ का वडाध्यक्ष तर्कराज भट्टले बताए।
भीरबाट लडेर करिब २ सय मिटर तल महाकाली राजमार्गको सडकमा खसेकी बिष्टको घटनास्थलमै मृत्यु भएको हो।
सुदूरपश्चिमका पहाडी जिल्लामा हिउँदमा वस्तुभाउलाई खुवाउन वनपाखामा खर काटेर जम्मा गर्ने चलन छ। असोज –कात्तिकमा खर काटेर सुकाउने र सोही खर हिउँदमा वस्तुभाउका लागि प्रयोग गर्ने गरिएको छ।
महिलाहरु खर काट्न डरलाग्दा भीरहरुमा समेत जाने भएकाले धेरैले भीरबाट लडेर अकालमै ज्यान गुमाउने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।